arrow

ससुराली गाउँमा भानुभक्तको जन्मजयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
Bhanubhakta_Acharya.jpg.jpeg

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका-१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ । 

भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गर्न लागिएको हो । 

आदिकवि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्य/चन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव रामहरि खनालले जानकारी दिए । 

भानुभक्तकी पहिली श्रीमतीको १८ महिनामै मृत्यु भएपछि उनले चन्द्रकलासँग विवाह गरेका थिए । चन्द्रकलाको स्मृतिमा विसं २०७० मा चूडामणि खनालको नेतृत्वमा यो संस्थाको स्थापना गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ