arrow

धौलीगंगा बाँध खोलियो: 

महाकालीमा जलस्तर बढ्यो, नदीले कटान गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
mahakali-jalistar.JPG

दार्चुला । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा पानीको सतह बढेको छ । 

आज बिहान ५ बजेदेखि खोलिएको बाधका कारण जलसतह बढ्न गई नदीले कटान सुरु गरेको छ । 

अहिले महाकाली नदीले दार्चुला सदरमुकामस्थितको बङ्गाबगर पारी भारततर्फ कटान गर्दा एक घर बगाएको छ । त्यस क्षेत्रमा नदीले जमिन कटान गरिरहेको छ ।

नदीमा पानीको सतह निक्कै बढेको तथा बाँध आज राती ८ बजेसम्म खोलिने हुँदा तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउ नजान र सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेशन धारचुलाले दार्चुला प्रशासनलाई असार २४ गते बाँध खोलिने जानकारी पत्र पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ