arrow

सोलुखुम्बुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
helicoptor2.jpg
तस्बिर फाइल

काठमाडौं ।  सोलुखुम्बुबाट काठमाडौंका लागि आज विहान उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १२ मिनेटमा सम्पर्कविहीन भएको हो । 

“मनाङ् एयरको हेलिकप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ