arrow

आईएमई लाईफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको शेयर माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
ime-life.jpg

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्। सर्वसाधारणका लागि प्रिमियममा आइपिओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ।

लाईफ इन्स्योरेन्स कम्पनीहरूमा आईएमई लाइफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो। कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्कासन गरेको थियो। जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो।

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता संस्थाका कर्मचारीहरूलाई छुट्टाएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ