arrow

दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ : मन्त्री किराँती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
manang-air-helicopter-crash-2080-03-26.jpg

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्ने बताएका छन् । 

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले यस्तो भनेका हुन् । 

मन्त्री किराँतीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताए । 

“हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ”, मन्त्री किराँतीले भने । 

उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजमा समवेदना प्रकट गरे । उनले सरकारले दुर्घटनाको यथार्थ छानबिन हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ