arrow

प्रचण्डलाई पत्नी शोक, रहिनन् सीता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
prachanda_sita_plane1.jpg
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । 

प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान निधन भएको छ । 

सीताको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

६९ वर्षीय सीतालाई बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिए।

उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिइन् । 

उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ