arrow

सीताको पार्थिव शरीर १ बजेसम्म पेरिसडाँडामा राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-dead.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ । 

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमान राखिने भएको हो । 

उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

सीताको उपचारको क्रममा आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन् । 

सीता माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ