arrow

सीताको निधनबाट माओवादी केन्द्र स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-dead.jpg

 नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । 

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको नि:स्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन् ।

 उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ”, वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ