arrow

को हुन् सीता ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-dead.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ । 

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा  नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। 

पार्टीको कामका लागि पञ्चायतकलामा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन् ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित भएकी थिइन् । 

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । 

छोरी रेणु र गङ्गा राजनीतिमै सक्रिय छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ