arrow

सीताको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-sab.JPG

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा रहेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको हो । 

सीताको उपचारको क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन् । 

 सीताको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमान राखिने भएको हो । उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ