arrow

पेरिसडाँडामा पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
maoist-cpn.jpg

काठमाडौं । नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक बसेको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बसेको हो  । 

बैठक पार्टी कार्यालय पेरिसडाँडामा नेताहरु सहभागि भएर बैठक सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । 

सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्‍याएकी थिइन् । 

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ