arrow

पेरिसडाँडामा सीताको पार्थिव शरीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-dahal-prachanda-pm-maoist.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिएको छ । 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् । 

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमान राखिने पार्टी कार्यालय जनाएको छ । उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

सीताको उपचारको क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ