arrow

पूर्वराजाबाट प्रचण्ड पत्नीलाई श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधनमा समवेदना व्यक्त गरेका छन् । 

पूर्वराजाको तर्फबाट पूर्वराजाका मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जन माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा पुगी प्रचण्डसहित परिवारजनमा समवेदना प्रकट गरेका हुन् । 

त्यस्तै प्रचण्ड पत्नी सीताको पार्थिव शरीरमा हार्दिक श्रद्धाञ्जली दिएर मुख्यसचिव महर्जन फर्किएका छन् । 

प्रचण्ड पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ