arrow

प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले दिए सीताको पार्थिव शरीरमा दागबत्ती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
prachanda-sita-dagbatti-2080-03-27.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अन्तिम संस्कार भएको छ । उनको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा दिउँसो अन्तिम संस्कार भएको हो । 

प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन् । यसअघि माओवादी केन्द्रकी सल्लाहकारसमेत भएकी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएसँगै शोक ब्यक्त गर्न सबैजसो दलका नेताहरु नर्भिक अस्पताल पुगेका थिए । 

श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रचण्डका आफन्तसँगै माओवादी केन्द्रका सबैजसो उपलब्ध नेताहरुसहित शीर्ष दलका सबैजसो नेताहरुसँगै माओवादीबाट छुट्टिएका नेताहरु पनि पुगेका थिए । 

त्यस्तै पूर्वराजाका तर्फबाटसमेत सहभागी भएका थिए । नेताहरु नर्भिक, पेरिस डाँडासँगै पशुपतिसमेत पुगेका थिए । 

उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ