arrow

डाक्टरबाट धम्की आएको स्वास्थ्यमन्त्री बस्नेतको गुनासो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
mohanbahadur-basnet-rastriya-sabha-2080-03-27.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्याम न्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । 

उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताए । 

उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए । 

उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै  छोड्ने बताए । उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाए । 

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याएर नै छोड्ने बताए । 

उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । 

उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए । 

उनले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताए । 

उनले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ