arrow

एक वर्षभित्र नौ सय मेगावाट विद्युत उत्पादन – मन्त्री बस्नेत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
shaktibahadur-basnet-2080-03-28.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०–८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । 

उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए । 

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ