arrow

डा केसीले लिए बेलायतबाट एफआरसीएस उपाधि, नेपालका तेस्रो अर्थोपेडिक सर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
dr-kapilmani-kc-frcs-britain.jpg

काठमाडौँ । अर्थोपेडिक सर्जन डा. कपिलमणि केसीले बेलायतबाट दिइने फेलो अफ रोयल कलेज अफ सर्जन अफ इङल्याण्ड (एफआरसीएस) ग्राजुएजन उपाधि लिएका छन् । 

नेपालबाट यो उपाधि पाउने डा. केसी तेस्रो अर्थोपेडिक सर्जन हुन् । यसअघि यो उपाधि डा. शैलज रञ्जितकारले लिएका थिए । 

यो उपाधि लिने अर्थोपेडिक सर्जन ज्वालाराज पाण्डे पहिलो हुन् । अहिले प्राडा पाण्डे करिब ८५ वर्षका भइसकेका छन् । 

त्यस्तै न्यूरोसर्जन स्वर्गीय उपेन्द्र देवकोटा, नाक, कान, घाँटी विशेषज्ञ राकेश श्रीवास्तव लगायत केहीलेमात्र यो उपाधि लिएका छन् । 

यो उपाधि लिएसँगै डा. केसीले जुनसुकै बेला बेलायतमा रहेर स्वास्थ्य सेवा दिन पाउने छन् । 

डा. केसीले सन् २०१७ देखि जइन्ट सर्जिकल अलेज फेलोशिप इक्जामिनेसनका लागि तयारी गरेको बताउँछन् । उनले अस्पताल समय बाहेकको समयलाई सदुपयोग गर्दै बिहान ३ देखि ९ बजेको समय यही एफआरसीएस ट्रमा एन्ड अर्थोपेडिक सर्जरी अध्ययनमा लगाएको बताए । 

सर्जन केसीले लामो समय काठमाडौँको सिभिल सर्भिस हस्पिटलमा काम गरी हाल बुटवलमा रहेको मर्सि सिटी हस्पिटल प्रालीमा रहेर बिरामीको सेवा दिइरहेका छन् । 

साथै डा. केसी देवदह मेडिकल कलेजमा पनि आवद्द छन् ।

उनले गत मंगलबार बेलायत पुगेर उक्त उपाधि लिएका हुन् । उपाधि लिएसँगै डा. केसीले आफ्नो सपना साकार भएको र यसले थप उर्जा प्रदान गरेको बताएका छन् । उनले सिकाइ कहिल्यै नसकिनेसमेत बताए ।

डा. केसी हाम्राकुरा डटकमका स्तम्भकार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ