arrow

पत्रकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
Dipendra Shrestha.jpg

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । 

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुको ४३औँ वैवाहिक वर्ष गाँठको अवसरमा श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि नगद रु. १० हजार रहेको छ । 

पत्रकार हुमबहादुर गुरुङ संयोजक, एमबि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिलप्रसाद गुरुङ सदस्य रहेको प्रतिभा छनोट समितिले पत्रकार श्रेष्ठलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

यसअघि सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तीमगर (एमबि आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले आदिवासी जनजातीको हकहितका निम्ति फोनिजले गरिरहेको कार्यको प्रशंसा गरे । उनले हरेक जातजातीहरुको आफ्नो मौलिकतालाई जिवन्त राख्न पत्रकारिता क्षेत्रले विशेष योगदान पुर्याउने गरेको बताए । 

पुरस्कृत व्यक्तित्व श्रेष्ठले विगत २३ बर्षको लामो पत्रकारिता क्षेत्रमा पाएको पुरस्कारमध्ये यो पुरस्कार अमूल्य र अर्थपूर्ण रहेको बताए । यस सम्मानले मिडियामा रहेर अझै केही गर्नुछ भन्ने भान गराएको उनले बताए ।

पुरस्कारदाता कर्म तमुले आदिवासी जनजातीहरुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको प्रोत्साहनका लागि स्थापना गरिएको बताइन् । 

फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, प्रतिभा छनोट समितिका सदस्य शान्ति गुरुङ, फोनिजका सचिव सुशिल श्रेष्ठ लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ