arrow

हत्यामा दोषी पाइएपछि साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
saudi-killed.jpeg
रियाद । साउदी अरबका राजकुमारलाई हत्याकाण्डमा दोषी पाइएपछि मृत्युदण्ड दिइएको छ ।
 
तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो ।
 
राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको बताइएको छ । 
 
 
पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन न्यायालय समक्ष अपील गरेपछि मुद्दा गम्भीर बनेको थियो ।
 
समाचार एजेन्सी एएफपीका अनुसार यो वर्षमात्र मृत्युदण्डको सजाय पाउने कबीर १३४ औं साउदी ब्यक्ति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ