arrow

सचिवालय बैठक सोमबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलि साउन १ गते सोमबार बस्ने भएको छ । 

पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने बताइएको छ  ।

शुक्रबार र शनिबार समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आगामी कामको विस्तृत योजना, कार्ययोजना, कार्यविभाजन, बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन गर्ने विषयमा नेताहरूले धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा कसलाई मनोनित गर्ने भन्ने विषयमा आगामी बैठकमा प्रस्ताव तथा कमिटीका समायोजन तथा थपघटबारे छलफल गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ