arrow

वायुसेवा निगमले माग्यो ३० परिचारिका [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
nepal-airlines.png

काठमाडौँ । नेपाल वायुसेवा निगमले जागिर खुलाएको छ । निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा ३० जनाको लागि आवेदन आह्वान गरेको हो । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो । 

योग्य नेपाली नागरिकले आजको मितिदेखि १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

२५ वर्ष ननाघेका प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्ने पनि निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ