arrow

नेपालमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू, लामो समयपछि घट्यो ग्यासको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ  । नेपाल आयल निगमले लामो समयपछि पहिलो पटक खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले एपी ग्यासमा प्रति सिलिन्डर १० रुपैयाँ घटाएको हो । 

लामो समयको अन्तरपछि पहिलो पटक निगमले ग्यासमा मूल्य घटाएको हो । नेपालमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू भएसँगै ग्यासको मूल्य घटेको हो । अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

तर अब  निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै यदि भारतबाट मूल्य बढेर आयो भने नेपालमा पनि मूल्य बढ्नेछ । त्यस्तै घटेर आउँदा घट्ने निगमले जनाएको छ । 

भारतबाट हरेक १५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन (आईओसी) को ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

निगमले अहिलेसम्म ग्यासमा निरन्तर घाटा बेहोर्दै आएको भए पनि उपभोक्तालाई भने मूल्य बढाएको थिएन । तर अब भारतबाट मूल्य बढेर आउना साथ नेपालमा पनि मूल्य बढ्ने छ । जसको प्रत्यक्ष असर उपभोक्तालाई पर्नेछ । 

स्वचालित मूल्य प्रणालीमा जाँदा मूल्यै आफैँ घटबढ हुने भएकाले आगामी दिनमा आयल निगम बोर्डको कुनै पनि संलग्नता नरहने पनि वाणिज्य सचिव मधुकुमार मरासिनीले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले भारतीय आयल कर्पोरेसनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केही ऋण तिर्न बाँकी रहेको बताए । 

उनले अहिले भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम नै रहेको जानकारी दिँदै हवाइ इन्धनमा भने स्वचालित प्रणाली लागू नहुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ