arrow

एकीकृत समाजवादीको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक जारी छ । 

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ । 

पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ