arrow

नेपालमा थपिए कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा कोरोना संक्रमित फेरि देखिएका छन् । केही दिनसम्म कोरोना संक्रमित नथपिएको अवस्थामा आज एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

मन्त्रालयले पछिल्लो २४ घण्टामा गरिएको ५७३ जनाको परीक्षणमा एक संक्रमित पाइएको जनाएको हो । 

हालसम्म पीसीआर परीक्षणबाट नेपालमा ११ लाख ५७ हजार ४२८ जना संक्रमित भएका छन् । हालसम्म कोरानाबाट १२ हजार ३१ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ५ करोड ९८ लाख ४४ हजार १४६ खोप लगाइसकिएको छ । कसैले चौथो डोजसमेत लगाइसकेका छन् । कसैले तेस्रो र कसैले दुई डोजमात्र लगाएका छन् ।  

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोरोना शून्यतिर पुगेको भए पनि एक जना थपिएको बताए । 

तर डेंगी संक्रमितहरु बढेको डा. अधिकारीले बताए । अहिले तीन हजार डेंगी संक्रमितहरु भएका छन् । उनले संक्रमित बढ्दै गएकाले थप सावधानी अपनाउनु पर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ