arrow

‘स्व. सीता दाहाल असाधारण क्षमताकी प्रतिमूर्ति’

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
Sita dahal smirti sabha.jpg

हेमजा । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता पौडेल दाहालको पोखरामा श्रद्धाञ्जली सभा गरिएको छ । स्व. दाहालको सातौं दिनको पुण्यतिथिमा नेकपा (माओवादी केन्द्र) पोखरा-२५ हेमजाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । 

सो सभाका वक्ताले स्व. सीताको योगदानको स्मरण गर्दै असाधारण क्षमताकी प्रतिमूर्ति रहेको चर्चा गरे । उनीहरुले सीतामा असाधारण क्षमता रहेको भन्दै कर्मठ, साहसी, दूरदर्शी एवं त्यागी पनि भएको चर्चा गरे ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले स्व. दाहालले देखाएको बाटो आत्मसात गरेमात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख बताए । ‘पार्टीभित्रको अन्तरविरोध हल गरी सन्तुलन मिलाउन सक्ने उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो’, बरालले स्मरण गरे । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपालीले नेपालमा संघीय व्यवस्था लागु गर्न सीताको भूमिका महत्वपूर्ण रहेको औंल्याउँदै सीताको निधनसँगै हेमजा साच्चै शोकमग्न भएको उल्लेख गरे ।

नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले सीतालाई महान् नारीको संज्ञा दिँदै उहाको योगदान इतिहासमा स्वर्णीम अक्षरले लेखिने जनाए ।

पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिनाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सीताको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै दाहालको चिरशान्ति र बैकुण्ठवासको कामना गरे ।

पार्टीका वडा कमिटी अध्यक्ष महादेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस वडा उपसभापति दानबहादुर भुजेल, एमाले वडाध्यक्ष ऋषिराम पौडेल, रास्वपा वडाध्यक्ष भरतराज अधिकारी, समाजसेवी भीमप्रसाद श्रेष्ठ, देवीस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम, हेमजा सञ्चार सहकारीका अध्यक्ष अर्जुन पौडेल, कमिटीका उपाध्यक्ष सुरेश सापकोटा, सल्लाहकार माधवशरण पौडेललगायतले क्रान्तिमा परिवार नै होमिनु सीताको सवल पक्ष भएको बताए ।

साथै उनीहरुले माओवादी आन्दोलनले मजदुर, किसान र तल्लो वर्गका जनतालाई माथि उठाएको, सरकारको दुरुपयोग नगरेको भन्दै सीताको व्यक्तित्वको चर्चा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ