arrow

आयल निगमका कार्यकारी निर्देशक थानी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
umeshprasad-thani-prachanda.jpg

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानी सम्मानित भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट इन्जियियरहरु सम्मानित हुने क्रममा थानी सम्मानित भएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थानीलाई सम्मान गरेका हुन् । थानीलाई उत्कृष्ट व्यवस्थापनतर्फको इन्जिनियर सम्मान दिइएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा जन्मिएका थानी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । 

पेट्रोलियम पदार्थको व्यवस्थापन गर्ने राज्यको एकमात्र संस्था आयल निगमका कार्यकारी निर्देशक थानीले नियुक्तिको १५ महिनाको अवधिमै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका छन् । 

उनी कार्यकारी निर्देशक हुँदाको समयमा रुस–युक्रेनबीचको युद्धले सिर्जना भएको इन्धनको विश्वब्यापी संकटको अवस्थामा अनेकौँ चुनौतीहरुको सामना गरेर पनि देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणलाई नियमित तथा व्यवस्थित गर्नुका साथै निगम र देशको समग्र हितमा आफ्नो इन्जिनियरिङ क्षमताको प्रयोग गरी संस्थाको उद्धेश्य हासिल गर्नमा व्यवस्थापकीय रुपमा सफल भएका हुन् । 

भारतीय आयल कर्पोरेसन (आईओसी) लाई इन्धन खरिद वापतको तिर्नुपर्ने बक्यौता ३१ अर्ब रुपैयाँ चुक्ता गरी गत आर्थिक वर्ष निगमलाई १८ अर्ब भन्दा बढी मुनाफामा लैजानुका साथै जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने निगम र उपभोक्ताको हितको लागि स्वचालित मूल्य निर्धारण प्रणाली लागू गर्न सफल भए । 

निगमको समग्र हितमा कार्य गरी आफ्नो इन्जिनियरिङ व्यवस्थापकीय क्षमता प्रमाणित गरेकाले उनलाई ‘इन्जिनियरिङ एप्रिसिएसन अवार्ड फर बेष्ट म्यानेजमेन्ट’द्धारा विभूषित गरिएको इन्जिनियरिङ एसोसिएसनले जनाएको छ । 

सो कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् । उनले भने, “विकासमा प्रत्यक्ष संलग्न इञ्जिनियरले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमा नै शुरु गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने विश्वास गरेको छु ।” 

विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए । “विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्, राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्”, उनले भने । 

विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उनले आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ