arrow

नेपालमा लगातार बढ्दै कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढेको छ । लामो केही हप्ताको अन्तरपछि मंगलबार एक जना संक्रमित थपिएकामा बुधबार एकैदिन पाँच संक्रमित थपिएका छन् । 

५६१ जनाको पीसीआर परीक्षणबाट ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कोरोना शून्यमा झरेको भन्दै सबै कोभिड प्रोटोकलहरु हटाइसकेको छ । तर अहिले आएर फेरि कोरोना बढेसँगै फेरि प्रोटोकल आफैँ अपनाउनु पर्ने देखिएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ९७० जनाले खोप लगाएका छन् । 

हालसम्म संक्रमितको संख्या ११ लाख ५७ हजार ४३३ पुगेको छ । १२ हजार ३१ जनाको ज्यान गएको छ भने ५ करोड ९८ लाख ४६ हजार ११६ वटा खोप लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ