arrow

बूढीगण्डकी आयोजना बनाउँदा स्थानीय मठमन्दिर र संस्कृति जोगाउन सांसद बजगाईको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
rajendra-bajgai-2080-04-03.jpg

गोरखा । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी आयोजनाबाट डुबानमा पर्ने स्थानीय मठमन्दिर, पाटीपौवा तथा स्थानीय संस्कृतिको संरक्षण गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् । 

लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेसँगै सांसद बजगाईले स्थानीय संरक्षणमा जोड दिएका हुन् । 

बुधबार कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएपछि आयोजित कार्यक्रममा बोल्दै बजगाईले  साे धारणा राखेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सो फिल्ड कार्यालय उद्घाटन गरे ।

धादिङ र गोरखाको सीमा भएर बग्ने बूढीगण्डकी नदीलाई मलेखुस्थित पृथ्वीराजमार्गबाट दुई किलोमिटर पश्चिममा कुल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ । 

सो क्रममा बोल्दै सांसद बजगाईले परियोजना निर्माणको सुनिश्चितता बोकेर आएको भन्ने बुझिएको बताए । उनले भने, ‘यो महँगो परियोजना हो । तर बहुआयामिक छ । यसले पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्याउने छ । यो सबैभन्दा नजिक लार्के र ठोरीसम्म जोडिने सडक सञ्जालले अथवा डुबिसकेपछि यसका बाइपास सडकहरुको बारेमा सोच्नुपर्नेछ । यहाँका छुटेका करिब १२ सय घर धुरीहरु छाप्रोहरु जसको लालपूर्जा छैन उनीहरु अनुत्तरित छन् । आरुघाटसम्म अथवा आँखुको दोहोरो बेसिनमा कति सरकारी कार्यालयहरु छन् त्यसका बारेमा उत्तरित हुनुपर्नेछ ।’

उनले तीन शिफ्ट काम गर्ने अन्तर्राष्ट्रिय प्रतिष्ठित कम्पनीले ठेक्का पायो भने छ वर्षको हाराहारीमा यो परियोजना सम्पन्न गर्ने विश्वास पनि ब्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ