arrow

अब ‘भ्रूण वायोप्सी’ सेवा नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
baby2.jpg

काठमाडौं ।  नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ शुरु गर्ने तयारी गरिएको छ । 

निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।

केन्द्रका सञ्चालक डा अजयजङ्ग कुँवरले यसअघि भारतबाट भ्रूण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिए ।

उनले चाँडै भ्रूण वायोप्सी सेवा शुरु गर्ने जानकारी दिए । 

भ्रूण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वाङ्शानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छ-छैन भन्ने कुरा पत्ता लगाइन्छ । 

सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ