arrow

विश्वकप फुटबल उद्घाटन हुनुअघि गोली हानाहान, तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
newzealand-goli-kanda.jpg

वेलिंगटन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । 

सो गोलीकाण्डका अपराधीको पनि मृत्यु भएको छ । न्यूजिल्याण्ड प्रहरीले बिहीबार मध्यअकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कयौँ घाइते भएको बताएको छ ।

प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ । प्रहरीले सो घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए । अकल्याण्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो ।

यसैबीच न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए । 

निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए । 

आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए । प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए ।

प्रहरीले गोलीबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ । अधिकारीले भने कि जुन कुरा प्रकाशमा आएको छ त्यो धेरै चिन्ताजनक छ र हामी जनतालाई घटना नियन्त्रणमा ल्याइएको आश्वासन दिन्छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ