arrow

एक सय साठी टुक्रामा रहेको बरामद सुन जोखिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
gold-gold.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागले मंगलबार र बुधबार गरी दुई दिनसम्म गरेको अप्रेशनबाट बरामद भएको सुनको परिणाम आज दिउँसो यकिन गर्ने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण दिउँसो यकिन गर्ने भएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी बताएका छन् ।

घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनको भनाइ छ । सुन कसले ल्याएको हो भन्ने जानकारी नभए पनि विभागले पुराना घट्नाक्रमसँग पनि जोडेर अनुसन्धान गर्ने जनाएको छ । 

सुन हङकङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछिमात्र भन्न सकिने विभागको भनाइ छ । 

सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । 

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।

बरामद गरिएको सय किलो सुन १ सय ६० टुक्रामा पाइएको छ । क्याथे प्यासिफिकको विमानबाट आएको थियो । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा।२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । 

यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको भएको पनि यकिन भएको छैन । 

पक्राउ परेकाहरुले बयानमा के भनेका छन् भन्ने अहिलेसम्म खुलेको छैन । तर उनीहरूको बयानले तस्करीमा संलग्नहरूको पोल खुल्ने संकेत पाइएको प्रहरी स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ