- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महिला विश्वकप फुटबलमा आयोजकद्धय न्यूजिल्याण्ड र अष्ट्रेलियाले विजयी शुरुआत गरेका छन् । बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूजिल्याण्ड विजयी भएको हो ।
इडेन पार्कमा भएको खेलमा न्यूजिल्याण्डले नर्वेलाई हरायो । नर्वे १–० ले पराजित भयो । न्यूजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । विल्किन्सनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।
अर्को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई हरायो । सिड्नी स्टेडियममा भएको खेलमा अष्ट्रेलिया १–० ले नै विजयी भयो ।
अष्ट्रेलियाको जितमा स्टेफनी क्याटलीले निर्णायक गोल गरिन् । क्याटलीले खेलको ५२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् ।
अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।