arrow

राष्ट्रिय किताब खानामा मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
anmol-modi.JPG

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताब खाना (निजामती) मा बिहीबार अनुगमन गरेका छन् । 

किताब खानामा मन्त्री मोदीको बिहीबार दोस्रो पटक छड्के अनुगमन गरेको मन्त्रीका प्रेस संयोजक बुद्धि लोप्चनले जानकारी दिए । 

अनुगमनका क्रममा मन्त्री मोदीले कर्मचारीहरू समयमा कार्यालयमा हाजिर भए÷नभएको, कार्यकक्षमा कर्मचारी भए/नभएको लगायत कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेको थियो । 

सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताब खानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए। 

सबै कार्यालय कक्षको अवलोकनपश्चात मन्त्री मोदीले किताब खानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

 “सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि तपाईँ हामी सबैका व्यवहारमा सेवाग्राहीले अनुभूति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।” 

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ-हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताब खानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ