arrow

सुन तस्करीमा गृह र अर्थको मिलेमतो देखिन्छ : सांसद शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
dr-sunil-sharma-single-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याइ छ ।
    
गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबण्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाइ छ । डीआईजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।

    ‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिर जान सक्छ ?’, काठमाडौँमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबीचको भागबण्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नाइके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौँ ।’
    
ठूलो पदमा भएका व्यक्ति वा ठूला राजनीतिकर्मीकै संलग्नतामा सुन तस्करी भएको सांसद शर्माको आशंका छ । मोरङको क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले हाम्रो गठबन्धनको गृहमन्त्री, मेरो पार्टीको अर्थमन्त्री भनेर अब नछोडिने प्रष्ट पारे । 

अब बस्ने संसद् बैठकमा यसलाई जोडदार रुपमा प्रस्तुत गर्ने उनले जानकारी पनि दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ