arrow

काभ्रेपलाञ्चोकमा डेंगी संक्रमणविरुद्ध अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
dangue.jpg

काभ्रेपलाञ्चोक ।  डेंगीको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ । 

काभ्रेपलाञ्चोक डेंगीको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए । 

लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेंगीको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला)को काम भइरहेको बताए । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी काम भइरहेको छ । जिल्ला द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म छ सय ८० जनामा डेंगी देखिएको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा चार सय ८७ डेंगी संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ