arrow

ललिता निवास प्रकरण

आरोपीले दायर गरेको निवेदनमाथि निर्णय गर्दै सर्वोच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
lalita-niwash-balwatar-land-case-11.jpg

काठमाडौं । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा  आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले निर्णय सुनाउँदै छ । 

सर्वोच्चले  ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज निर्णय सुनाउने भएको हो । 

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

 दायर गरेको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ