arrow

ललिता निवास प्रकरण

संचार सचिव राउतलाई थुनामुक्त गर्न परमादेश, अन्यको रिट खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
krishnabahadur-raut-secretary-lalita-niwas.jpg

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका संचार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीले दिएको आदेशमा राउतलाई थुनामा नराख्दा प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था नरहेको भनिाएको छ । 

राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो ।

तर अन्य चार जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ । निवेदकहरुको थुना गैरकानूनी नदेखिएकाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्नु नपर्ने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ