- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली विमान कम्पनीले विमानभित्र पसल राख्न पाउने भएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले विमानभित्र पसल राख्न पाउने भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ ।
निगमले यसअघि ड्युटी फ्री सप सञ्चालन गर्दै आए पनि उक्त सेवा बन्द रहेको थियो ।