arrow

माओवादीका नेताहरु भाजपाको निमन्त्रणामा दिल्ली

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
jp_nadda_bjp_1560782455_618x347.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन । 

माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेको हो । माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहने छन् ।

भाजपाले संसारभरका पार्टीहरुसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरुले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ