arrow

वामदेवले भने- दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस्

ओलीलाई मिलाएर कम्युनिष्टहरुलाई एकताबद्ध गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
bamdev-gautam-ncp-1619856204.jpg

काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्न भनेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै वामदेवले यस्तो बताएका हुन् । 

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । उनले भने,' जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू अरू मिलेर शुरु गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ तर दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस् । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ । मैले प्रचण्डलाई भने, कमरेड यसमा सबैलाई जोड्नुपर्छ ।'

 सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।  उनले भने, ‘सबै कम्युनिस्टहरू एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । नेकपा एमालेका अध्यक्ष केपी ओली र सबै जना, मोहन वैद्यलाई पनि पत्राचार गर्नुस्, नेकपा (माओवादी केन्द्र) बाट फुटेकालाई पनि आबद्ध गर्ने गरी आज आवश्यकता छ, समाजवादको । समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ । पुनः कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ । कमरेड पुष्पलालले भन्नुभएको, देख्नुभएको सपना साकार पार्ने हो भने पहिलाकै बाटोमा जानुपर्छ । जसरी पनि त्यो लागू गर्नुपर्छ । त्यसरी मात्रै शक्ति आर्जन गर्न सक्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ