arrow

माओवादीका को-को नेता गए दिल्ली ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
bhusal-toli.JPG

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली हिजो भारत गएको छ । 

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको हो । 

उनीहरू छ दिने भारत भ्रमणमा रहेका छन् ।  भ्रमणका क्रममा  उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् । उनले भनिन्, “हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ