arrow

धान्न नसकेपछि कोभिड अस्पताललाई बनाइयो डेंगी अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
dangue.jpg

काठमाडौं ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेंगीका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेंगी क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगी श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । 

सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए 

। पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए  । 

केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् ।

डेंगीको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेंगी अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ