arrow

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

तीनजना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
Baitadi-hamrakura.jpg

बैतडी ।  पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो । 

पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ