arrow

विश्वकप महिला फुटबलमा आज तीन खेल, यस्तो छ अहिलेसम्मको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
world-cup-football-women-argentina-italy-2023.jpg
इटाली र अर्जेन्टिना बीचको खेल ।

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । अहिले इटाली र अर्जेन्टिना भिडिरहेका छन् ।

जर्मनी र मोरक्को दिउँसो २ः१५ बजे खेल्दैछन् । ब्रजिल र पानामाले ४ः४५ बजे खेल्नेछन् । 

यता आइतबारको खेलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी हुँदा फ्रान्स र जमैकाले अंक बाँडेका छन् । 

समूह ईको खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हरायो । यो खेलपछि समूह ईमा चारै टिमले एक एक खेल खेल्दा अमेरिका र नेदरल्याण्ड्स समान ३ अंकबाट पहिलो र दोस्रो स्थानमा छन् भने पोर्चुगल र भियतनाम अंकविहीन छन् । 

त्यस्तै समूह एफको खेलमा फ्रान्स र जमैकाले अंक बाँडेका छन् । दुवैले गोलरहित बराबरी खेलेपछि अंक बाँडेका हुन् । 
 
यो समूहमा ब्रजिल र पानामा पनि रहेका छन् । ब्रजिल र पानामाले आज खेल्दैछन् । खेल ४ः४५ बजे शुरु हुँदैछ । 

समूह जी को खेलमा इटाली र अर्जेन्टिना भिडिरहेका छन् । यो समूहका चार वटै टिमले एक एक खेल खेलिसकेका छन् । 

स्वीडेनले ३ अंक बटुलेको छ भने अर्जेन्टिना र इटालीले बराबरी खेल्दै अंक बाँडेका छन् । दक्षिण अफ्रिका पुछारमा छ । 

समूह एचको खेलमा जर्मनी र मोरक्को दिउँसो २ः१५ बजे खेल्दैछन् । समूह एचको यो पहिलो खेल हो । यो समूहमा कोलम्बिया र दक्षिण कोरिया पनि छन् । 

अन्य नतिजामा समूह ए बाट स्वीट्जरल्याण्डले फिलिपन्सलाई २–० ले न्यूजिल्याण्डले नर्वेलाई १–० ले हराएको छ । 

यो समूहमा स्वीट्जरल्याण्ड पहिलो, न्यूजिल्याण्ड दोस्रो, नर्वे तेस्रो तथा फिलिपिन्स चौथो स्थानमा छ । 

समूह बीमा अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदा क्यानडा र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् । 

अष्ट्रेलिया पहिलो, क्यानडा दोस्रो, नाइजेरिया तेस्रो तथा आयरल्याण्ड पुछारमा छ । 

समूह सीमा जापान र स्पेन विजयी हुँदा कोस्टारिका स्पेनसँग ३–० ले र जाम्बिया जापानसँग ५–० परोजित भयो । 

जापान र स्पेन ३–३ अंकसहित पहिलो र दोस्रो तथा कोस्टारिका र जाम्बिया अंकविहीन छन् । 

समूह डीमा इङल्याण्डले हैटीलाई र डेनमार्कले चीनलाई समान १–० ले हराएका छन् । 

डेनमार्क र इङल्याण्ड समान ३–३ अंकसहित पहिलो र दोस्रो तथा अंकविहीन चीन र हैटी तेस्रो र चौथो स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ