arrow

विश्वकप फुटबलमा इटालीसँग अर्जेन्टिना पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
world-cup-football-women-argentina-italy-2023-07-24.jpg

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी महिला विश्वकप फुटबलमा इटाली विजयी भएको छ । इटालीले सोमबार भएको खेलमा अर्जेन्टिनालाई पराजित गरेको हो । समूह जी को खेलमा इटाली १–० ले विजयी भयो । 

खेलको ८७ औँ मिनेटमा बार्बारा बोनान्सियाले गोल गरिन् । उनले लिसा बोआटिनको पासमा गोल गरेकी हुन् । यो खेलपछि समूह जी को खेलमा स्वीडेन र इटालीले समान ३ अंक पाउँदा दक्षिण अफ्रिका र अर्जेन्टिना अंकविहीन छन् । पहिलो खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई हराएको थियो । 

समूह ईको खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हरायो । यो खेलपछि समूह ईमा चारै टिमले एक एक खेल खेल्दा अमेरिका र नेदरल्याण्ड्स समान ३ अंकबाट पहिलो र दोस्रो स्थानमा छन् भने पोर्चुगल र भियतनाम अंकविहीन छन् । 

त्यस्तै समूह एफको खेलमा फ्रान्स र जमैकाले अंक बाँडेका छन् । दुवैले गोलरहित बराबरी खेलेपछि अंक बाँडेका हुन् । यो समूहमा ब्रजिल र पानामा पनि रहेका छन् । ब्रजिल र पानामाले आज खेल्दैछन् । खेल ४ः४५ बजे शुरु हुँदैछ । 

समूह एचको खेलमा जर्मनी र मोरक्को भिडिरहेका छन् । यो समूहमा कोलम्बिया र दक्षिण कोरिया पनि छन् । अन्य नतिजामा समूह ए बाट स्वीट्जरल्याण्डले फिलिपन्सलाई २–० ले न्यूजिल्याण्डले नर्वेलाई १–० ले हराएको छ । 

यो समूहमा स्वीट्जरल्याण्ड पहिलो, न्यूजिल्याण्ड दोस्रो, नर्वे तेस्रो तथा फिलिपिन्स चौथो स्थानमा छ । 

समूह बीमा अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदा क्यानडा र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् । 

अष्ट्रेलिया पहिलो, क्यानडा दोस्रो, नाइजेरिया तेस्रो तथा आयरल्याण्ड पुछारमा छ । 

समूह सीमा जापान र स्पेन विजयी हुँदा कोस्टारिका स्पेनसँग ३–० ले र जाम्बिया जापानसँग ५–० परोजित भयो । 

जापान र स्पेन ३–३ अंकसहित पहिलो र दोस्रो तथा कोस्टारिका र जाम्बिया अंकविहीन छन् । 

समूह डीमा इङल्याण्डले हैटीलाई र डेनमार्कले चीनलाई समान १–० ले हराएका छन् । 

डेनमार्क र इङल्याण्ड समान ३–३ अंकसहित पहिलो र दोस्रो तथा अंकविहीन चीन र हैटी तेस्रो र चौथो स्थानमा छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ