arrow

कांग्रेस बैठकले जनताका समस्या समाधान गर्ने प्रतिबद्धता ल्याओस् – कृष्ण सिटौला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
krishna-sitaula-2080-04-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले महामन्त्रीको कार्यक्रम राम्रो भएको भन्दै यसलाई थप सशक्त बनाएर लैजान आग्रह गरेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता सिटौलाले महामन्त्रीले ल्याएको प्रतिवेदन राम्रो भन्दै त्यसलाई थप सशक्त बनाएर जनअपेक्षाअनुसार बनाउनु पर्ने बताएका हुन् । 

उनले भने, ‘यो बैठकले जनताका समस्या समाधान गर्ने गरी प्रतिबद्धता ल्याउनु पर्छ । जनताका समस्याको समाधान गर्न सक्नुपर्यो । जनमानसले कांग्रेसले के भन्छ भनेर खोजिरहेको छ । जनताका समस्या समाधान गर्ने कुनै पनि योजना कांग्रेसले ल्याओस् ।’

उनी अगाडि भन्छन्, ‘जनतालाई जे दिने भनेका छौँ गठबन्धन गर्दा त्यो कुरा दिन प्रतिबद्धता जनाऔँ । किसानलाई मल दिने, श्रमिकको ज्याला बढाउने कुरामा कांग्रेसको धारणा जानुपर्छ । श्रमिकको ज्याला बढाउन हामीले सरकारलाई भन्नुपर्छ । त्यसैगरी बैंकले गर्ने लगानी लगायतमा बैंकहरु जसरी चलेका छन् त्यो ठीक छ कि छैन त्यो कांग्रेसले धारणा बनाओस् ।’

संविधान बमोजिम कानून बन्न नसकेको भन्दै यसमा पनि एउटा संकल्प प्रस्ताव आउनु पर्नेमा नेता सिटौलाले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ