arrow

मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
narayangadh-mugling-2080-03-16.jpg

काठमाडौं ।  नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । 

उनले भने,“पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ