arrow

विश्वकप फुटबलमा एरीको पहिलो ह्याट्रिक  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
worldcup-football-women-2023-brazil-arri.jpg

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी महिला विश्वकप फुटबलमा ब्रजिल र जर्मनी विजयी भएका छन् । 

समूह एचको ब्रजिलले विश्वकपमा डेब्यु गरेको पानामालाई ४–० ले हरायो । उनको जितमा एरी बोरगेस नायिका रहिन् । उनले ह्याट्रिक गरिन् । 

एरी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । एरीको पासमा ब्रजिलका लागि बिआ जेनराटोले अर्को गोल गरिन् । 

त्यस्तै समूह जीको खेलमा जमएनीले मोरक्कोलाई ६–० ले हरायो । मोरक्कोको पनि यो डेब्यु विश्वकप हो । 

जर्मनीलाई जिताउन कप्तान एलेक्जान्डर पपले २ तथा क्लारा बहुल र लेआ स्कलरले एक एक गोल गरिन् । दुई गोल आत्मघाती भएको थियो । 

आजका खेल
आज तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह एचका कोलम्बिया र दक्षिण कोरियाले खेलेका छन् । कोलम्बिया हावी भएको छ । 

दोस्रो खेलमा समूह एबाट न्यूजिल्याण्ड र फिलिपिन्स तथा तेस्रो खेलमा स्वीटजरल्याण्ड र नर्वे खेल्दैछन् । 

अंक तालिका–
समूह एबाट स्वीट्जरल्याण्ड र न्यूजिल्याण्डको समान ३–३ अंक छ भने नर्वे र फिलिपिन्स अंकविहीन छन् । 

समूह बीको खेलमा अष्ट्रेलियाले ३ तथा क्यानडा र नाइजेरियाले १–१ अंक बटुलेका छन् । आयरल्याण्ड अंकविहीन छ । 

समूह सीमा जापान र स्पेनको समान ३–३ अंक रहेको छ । कोस्टारिका र जाम्बिया अंकविहीन छ । 

समूह डीमा डेनमार्क र इङल्याण्डको समान ३–३ अंक छ भने चीन र हैटी अंकविहीन छन् । 

समूह ईमा अमेरिका र नेदरल्याण्ड्सको समान ३ अंक छ भने पोर्चुगल र भियतनाम अंकविहीन छन् । 

समूह एफमा ब्रजिलको ३ अंक छ भने फ्रान्स र जमैका अंकविहीन छन् । पानामा अंकविहीन छ । 

समूह जीमा स्वीडेन र इटालीको ३–३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिना अंकविहीन छन् । 

समूह एचमा जर्मनी र कोलम्बियाको समान ३ अंक छ भने दक्षिण कोरिया र मोरक्को अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ