न्यूयोर्क । अमेरिकी राष्ट्रपतिको निर्वाचन घृणित बन्दै गएको छ । राष्ट्रपति चुनावका उम्मेदवारहरु एकपछि अर्को गर्दै आरोप प्रत्यारोपमा उत्रिएपछि यो घृणित बन्दै गएको हो ।
तर डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन भने केही लोकप्रिया बन्दै गएकी छिन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रक अश्लील र भद्दा बन्दै गएसंगै क्लिन्टन बलियो स्थितिमा पुगेकी हुन् ।
बिहीबार भएको अन्तिम तथा तेस्रो टेलिभिजन बहसमा दुवै जना आरोप प्रत्यारोपमा उत्रिए ।
दुवै उम्मेदवार रुस, भिसा, महिला अधिकार, हतियार नियन्त्रण र ईराक मुद्धामा आपसमा भिडे ।
हिलारीले ट्रम आए भने रुससंग मिलेर परमाणु अप्रसारको सन्धी रद्ध हुने आरोप लगाइन् भने ट्रम्पले हिलारी र राष्ट्रपति बाराक ओबामालाई आफ्नो चुनावी ¥यालीमा हिंसा भड्काएको आरोप लगाए ।
हिलारीले ट्रम्पमाथि महिला यौन शोषणको विषयलाई उठाइरहिन् । उनले ट्रम्पले महिला सम्मान नगरेको भन्दै माफीसमेत नमागेको दुष्टको संज्ञा दिइन् ।
हिलारीले गर्भपतनको मुद्धामा महिला अधिकारको रक्षा गर्ने प्रतिवद्धता जनाइन् । ट्रम्पले भने आफूले चुनाव जिते गर्भपतनलाई वैधता दिने बताए ।