arrow

प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुखबीच छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
prachanda-ifad-chief.jpg

काठमाडौँ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । 

भेटवार्तामा उनप्हरुबीच आईएफएडी र नेपालबीचको सम्बन्ध, आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आईएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आईएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । 

नेपाल आईएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आईएफएडीको सदस्य बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ